चौरपाटी गाउँपालिका नेपालका पुरानो प्रशासनिक विभाजन अनुसार सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत अछाम जिल्लामा र हाल सुदुरपश्चिम प्र देशमा पर्दछ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा अछाम जिल्लामा रहेका साविकका सिउडी, सोकट, पायल, लुङ्रा, मार्कु र दुनी गाविसका सबै वडाहरुलाई समेटेर चौरपाटी गाउँपालिका घोषणा गरिएको हो । चौरपाटीगाउँपालिकाको क्षेत्रफल १८२.१६ वर्ग किलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडाहरूमा विभाजन गरिएको छ । भौगोलिक विविधता भएको कारण यहाँको हावापानी उचाई तथा समय अनुरुप फरक फरक छन् । अत्यन्त गर्मी हावापानीदेखि अति ठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले यो ठाउं निकै प्रसिद्ध छ । धेरैजसो पहाडी भुभाग रहेको यस गाउँपालिकामा नदी किनारका समतल मैदान एवं टारहरु, खोंच तथा वेसी रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्व दक्षिणमा मंगलसेन, पश्चिम दक्षिणमा डोटि जिल्ला, उत्तरमा खप्तड राष्ट्रिय निकुन्ज र साँफेबगर रहेका छन् ।