FAQs Complain Problems

समाचार

अबको शिक्षा जीवन उपयोगी र रोजगारमुलक हुनु पर्छ – अध्यक्ष साँउद

अब शिक्षा पद्धतीमा परिवर्तन गर्दै जिवन उपयोगी र रोजगारमुलक शिक्षा बनाउनु पर्ने चौरपाटी गाँउपालिकाका अध्यक्ष हर्क वहादुर साँउदले धारणा राख्नु भएको छ ।
अछामको चौरपाटी वडा नं. ५ मा रहेको दयापिपलतोला माध्यमिक बिद्यालयको शुक्रबार ६१ औ बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष साँउदले यस्तो बताउनु भएको हो । समाजलाई परिवर्तन गर्नका गर्दै समग्र विकास गर्न प्राविधिक रोजगारमुलक शिक्षाको सुरुवात गर्नु पर्ने आजको आबश्यकता रहेको साउदले बताउनु भएको हो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टेकबहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न प्रतियोगीता, संस्कृतिक कार्यक्रम संचालन गर्नुका साथै उत्कृष्ट विद्यार्थिहरुलाई पुरुस्कार समेत वितरण गरिएको थियो ।

आर्थिक वर्ष: