समाचार
भौतिक पुर्बाधारको बिकास निर्माणका क्षेत्रमा गरिने सबै काम पारदर्शी हुनु पर्ने : अध्यक्ष साउद
राजेन्द्र कुवर, मंसरी १४ अछाम
चौरपाटी गाउँ पालिका वडा नम्बर २ सोकटम यस आर्थिक बर्ष निर्माण हुने योजनाका उपभोक्ता समितिका पदाधिकारीका लागि योजना कार्यान्वयन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यशाला गोष्ठी सप्पन्न भएको छ ।
गोष्ठीमा प्रमुख अतिथिको आसन बाट बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले भौतिक पुर्बाधारको बिकास निर्माणका क्षेत्रमा गरिने सबै काम पारदर्शी हुनु पर्ने बताउनु भयो ।
चौरपाटी गाउँ पालिकाले पिछडिएको बस्तिबाट भौतिक पुर्बाधारका कामको सरुवात गरेको बताउदै अध्यक्ष साउदले हाम्रो योजना राम्रो योजना बनाउनका लागि उपभोक्ता समितिमा बसेका सबै दाजुभाइ इमानदार भै काम गरि दिन हुन आग्रह गर्नु भयो । चौरपाटी गाउँ पालिका वडा नम्बर २ सोकटमा भौतिक पुर्बाधारमा यस आर्थिक बर्षमा खानेपानी सडक सिचाइ शिक्षा लगाएतका क्षेत्रमा १६ वटा योजना रहेका छन ।
चौरपाटी गाउँ पालिकाको आयोजनामा भएको कार्यशाला गोष्ठीमा योजनाका चरणका बारेमा स्वास्थ संयोजक धनबहादुर थापा इन्जिनियर लोकेन्द्र रावल र स्वास्थ उप संयोजक कमल साउदले उपभोक्ता समितिका पदाधिकारीलाई सहजीकरण गर्नु भएको थियोे ।
चौरपाटी गाउँ पालिका वडा नम्बर २ का वडा अध्यक्ष नारायण साउदको अध्यक्षतामा भएको गोष्ठीमा १६ वटा योजनाका ४८ जनाले भाग लिएका थिए भने गोष्ठीका सहभागीलाई कार्यपालिकाका सदस्य शिव बि क ले स्वागत गर्नु भएको थियोे ।