FAQs Complain Problems

समाचार

चौरपाटी गाउँपालिकाले प्रबाह गर्ने सेवालाई गुणस्तरीय बनाउन विभिन्न शाखाका कर्मचारी संग अन्तरक्रिया

राजेन्द्र कुवर फागुन ४ अछाम

चौरपाटी गाउँ पालिकाले प्रबाह गर्ने सेवालाई गुणस्तरीय बनाउनका लागि आज विभिन्न शाखाका प्रमुख प्रतिनिधि कर्मचारी संगअन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष कृषि भेटनरी र निर्माण क्षेत्रमा काम गरिरहेका प्राबिधिक कर्मचारीले आफ्नो कार्य क्षेत्रमा इमानदार पुर्बक काम गरेमा गाउँ पालिकाले लिएको लक्ष्य पूरा गर्न सजिलो हुने बताउनु भयो ।

जनता संगको प्रत्यक्ष सम्पर्क रहि काम गर्ने प्राबिधिक कर्मचारीहरु आफ्नो काम प्रती जिम्मेवार भए मात्रै स्थानीय तह सफल हुने बताउदै अध्यक्ष साउदले जनप्रतिनिधि कर्मचारी मिलेर काम गरेमा समृद्ध चौरपाटी निर्माणमा सहयोग पुग्ने कुरामा जोड दिनु भयो।

कृषि ,पशु ,स्वास्थ र भौतिक पुर्बाधार निर्माणको क्षेत्रमा बस्ती स्तरमा काम गर्ने प्राबिधिकहरुले गरेको कामको प्रगति विवरण प्रस्तुत गरि अहिलेसम्म आफुले सम्पादन गरेको कामको बारेमा जानकारी गराउनु भएको थियोे ।

चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष माया कुवर विषयगत शाखाका प्रमुख गाउँ पालिकाका सात वटै वडाका कृषि पशु र भौतिक पुर्बाधारका क्षेत्रमा काम गर्ने प्राबिधिकको सहभागिता रहेको थियोे ।

आर्थिक वर्ष: