FAQs Complain Problems

चौरपाटी गाउँपालिकाका सात वटै वडामा बिजुली बत्ती पुग्यो, स्थानीयवासी हर्षित

धनगढी । अछामको चौरपाटी गाउँपालिकाको सात वटै वडाहरुमा बिजुली बत्ती बलेको छ । शुक्रबार वडा नम्बर २ र ३ मा गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले विद्युत उद्धघाटन गरे सँगै सात वटै वडामा बिजुली बत्ती बलेको हो ।

सात वटै वडाहरुमा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै चौरपाटी उज्यालो गाउँपालिका बनेको हो । स्थानीय तहको निर्वाचनको समयमा तत्कालिन नेकपा एमालेबाट अध्यक्षका उमेदवार रहेका हर्क बहादुर साउँदले चौरपाटी गाउँपालिकामा बिजुली नपुगेका सबै वडाहरुमा विद्युत् पुर्‍याउने घोषणापत्र सार्वजनिक गरेका थिए । 

आफूले गरेका बाँचा पूरा गर्ने योजनाअनुसार सबै वडामा विद्युत् सेवा विस्तार गरिएको अध्यक्ष साउँदले बताए । जिल्लाका कतिपय स्थानीय तहका वडाहरुमा विद्युत् विस्तार नभइरहेका बेला चौरपाटी गाउँपालिका भने झिलिमिली भएको हो ।

गाउँपालिकाको नीति तथा नियमअनुसार सबै वडामा राष्ट्रिय विद्युत् प्रशारण लाइनको विद्युत् सेवा विस्तार गर्ने योजनाअनुसार अहिले गाउँगाउँमा विद्युत् सेवा विस्तार भएको हो । बर्षौ देखि अध्यारोमा बस्न बाध्य भएका यहाँका स्थानीयवासी गाउँगाउँमा विद्युत् विस्तार भएसँगै खुसी भएका छन् । 

आर्थिक वर्ष: