FAQs Complain Problems

राष्ट्रपति रनिङ शिल्ड छनाैट प्रतियोगिता चाैरपाटीमा सुरु

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ चाैरपाटी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनाैट प्रतियोगिता सुरु भएकाे छ ।चाैरपाटी गाउँपालिका सामाजिक विकास समिति संयाेजक राम बहादुर साउँदकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि चाैरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँद प्रमुख अतिथि रहनु भएकाे थियाे ।

प्रमुख अतिथि साउँदले प्रतियोगिता हार र जित नभई मित्रता बढाउन र विद्यार्थीहरुकाे लुकेर रहेका प्रतिभा देखाउने उद्वेश्यले खेलकुद प्रतियोगिताकाे आयाेजना गरिएकाे बताउनु भयाे । गाउँपालिका अध्यक्ष साउँदले खेलकुदमा उत्कृत खेल प्रदर्शन गर्ने खेलाडीलाई जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा सहभागी गराउने बताउनु भयाे ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दाैड छात्रछात्रा एक सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटरका खेल खेलाईने छ । यस्तै प्रतियोगितामा छात्रछात्रा भलिवल, ज्याभ्लिन थ्राे, हाईजम्प, त्रिपलजम्प, लङजम्प र कवड्डि खेल खेलाईने आयाेजकले जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद, प्रमुख प्रशासकिय अधिकृत धन बहादुर र वडा नं. ३ का अध्यक्ष तथा सामाजिक विकास समिति संयाेजक राम बहादुर साउँदले भलिबल काेल्डमा वल प्रवेश गराएर खेलकुद प्रतियोगिताकाे उद्घाटन गर्नु भएकाे थियाे ।

चाैरपाटी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले स्वागत मन्तब्य राख्नु भएकाे कार्यक्रमकाे सञ्चालन शिक्षा शाखा प्रमुख बुद्वि सिंह सुनारले गर्नु भएकाे थियाे । प्रतियोगिता फागुन २३ गते सम्म सञ्चालन गरिने आयाेजक जानकारी दिनु भयाे ।

आर्थिक वर्ष: