FAQs Complain Problems

समाचार

चौरपाटी गाउँपालिकामा रिचार्ज पोखरि निर्माण अभियान २०७६ संचालन

राजेन्द्र कुवर साउन ७ अछाम

जलबायु परिवर्तनका असरलाइ न्यूनीकरण गर्नाका लागि चौरपाटी गाउँ पालिकाले रिचार्ज पोखरि निर्माण अभियान ०७६ संचालन गरेको छ ।

रिचार्ज पोखरी निर्माण अभियान साउन ७,८र९ लाई सफल पार्न सम्पुर्ण तयारिका लागि साउन ६ गते सात वटै वडामा तयारी बैठक गरि वडा अध्यक्षको नेतृत्व राजनीतिक दल कर्मचारी बुद्धिजीवीको सहभागितामा अभियान संचालन गरिएको हो ।

अभियानको पहिलो दिन साउन ७ गते बिहान ११ बजे सात वटै वडामा एकै साथ रिचार्ज पोखरी निर्माण अभियानको सुरुवात गरिएको गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले जानकारी दिनु भयो ।चाैरपाटी गाउँपालिकाले अाजबाट रिचार्ज पाेखरी निर्माण कार्यलाई तिब्रता दिएकाे छ ।

गाउँपालिकाका सबै टाेलमा खानेपानीका मुहान सुक्दै जान थाले पछी रिचार्ज पाेखरीकाे अवधारणा ल्याएकाे गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले बताउनु भयाे । रिचार्ज पाेखरी निर्माण गरे सुक्न लागेका पानीका मुहानमा केही राहत हुने अध्यक्ष साउँदकाे दावि रहेकाे छ ।

गत अार्थिक बर्षमा पनि गाउँपालिकाले अभियान सञ्चालन गरि २ हजार रिचार्ज पाेखरी निर्माण गरिएकाे र याे अार्थिक वर्षमा पनि दुई हजार थप रिचार्ज पाेखरी निर्माण गरिने गाउँपालिका अध्यक्ष साउँदकाे भनाई रहेकाे छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष माया कुवँरले पुर्खाले निर्माण गरेका भैंसी बस्ने खालकाे संरक्षण गर्न नसक्दा पानीका मुहान सुक्न थालेकाे बताउनु भयाे ।

पानीका मुहान संरक्षणका लागि अभियान सञ्चालन गरिएकाे उपाध्यक्ष कुवँरकाे भनाई रहेकाे छ । चाैरपाटी गाउँपालिकाकाे टाेली द्वारा विभिन्न वडामा निर्माण गरिएका रिचार्ज पाेखरीकाे अनुगमन गरिएकाे छ ।

गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदकाे नेतृत्वमा गएकाे टाेलीले वडा नं १ सिउडिमा निर्माण भईरहेका रिचार्ज पाेखरीकाे अनुगमन गरिएकाे छ ।

यस्तै टाेलीले वडा न ४ पायलकाे पनि अनुगमन गरेकाे छ । अनुगमन टाेलीमा उपाध्यक्ष माया कुवँर, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद ढुंगाना लगायतकाे सहभागिता रहेकाे थियाे ।

रिचार्ज पोखरी निर्माणमा चौरपाटि गाउँ पालिका वडा नम्बर ४ पायलमा २४० जनाको सहभागितामा १७ रिचार्ज पोखरी निर्माण भएका छन भने गाउँ पालिका भरी करिब एक सय भन्दा बढी पोखरी निर्माण भएका छन ।

आर्थिक वर्ष: