FAQs Complain Problems

समाचार

२५ बर्ष दिर्घकालिन रणनीतिक बिकास गुरुयोजनाको लागि चौरपाटीमा अन्तरक्रिया

राजेन्द्र कुवँर असाढ ८ अछाम

चौरपाटी गाउँ पालिकाको २५ बर्ष दिर्घकालिन रणनीतिक बिकास योजना ( गुरुयोजना ) को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दीर्घकालीन रणनीतिक बिकास योजना बनाउने अछामका १० स्थानीय तह मध्य चौरपाटी गाउँ पालिका पहिलो भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले बताएका छन ।

प्राकृतिक श्रोतको उच्च र दिगो प्रयोगको लागि पानी संग प्रेम र माटो संग माया गर्ने । त्यसै अनुकुल अभिबृद्दी र आधुनिक प्राविधिको प्रयोग गर्ने दिर्घकालिन सोच राखेको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै रास्ट्रीय सभाका सदस्य शेरबहादुर कुवरले बिकासका हरेक गतिविधिलाई योजना बद्द ढंगले अगाडि वढाउदै गएमा सुखी र समृद्ध चौरपाटी गाउँ पालिका बनाउन सकिने बताउनु भयो ।

दीर्घकालीन रणनीतिक बिकास योजनाको कार्यनयनमा सहयोग गर्नका लागि चौरपाटी गाउ पालिकाका राजनीतिक दल जनप्रतिनिधि कर्मचारी बिकास साझेदार संघ संघ संस्थालाई आग्रह गर्दै रास्ट्रीय सभाका सदस्य कुवरले समाजबाद उन्मुख अर्थतन्त्रको मेरुदण्ड बनेको रणनीतिक योजना निर्माण भएको बताउनु भयो ।

दीर्घकालीन रणनीतिक बिकास योजनाका विविध बिसयमा प्राध्यापक डाक्टर चन्द्रमणी देबकोटाले जानकारी गराउनु भएको थियोे ।

चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षता भएको अन्तरक्रिया सात वटै वडाका वडा अध्यक्ष कार्यपालिकाका सदस्य बिसयगत शाखाका प्रमुख प्रतिनिधिको सहभागिता रहेको थियोे । दीर्घकालीन रणनीतिक बिकास योजना गाउँ सभाले पारित गरे पछि लागू हुने भएको छ ।

आर्थिक वर्ष: