समाचार
चौरपाटी गाँउपालिकाका सुनौला हजार दिनका आमालाई १३५० कुखुरा वितरण
चैत १४, अछाम
चौरपाटी गाँउपालिकाद्धारा २ सय ७० जना सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गरेको छ । गाँउपालिकाको बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तगत सात वडै वडाका सुनौला हजार दिनका आमालाई ५ कुखुराका दरले एक हजार तिन सय ५० कुखुरा वितरण वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख कमल साँउदले जानकारी दिनुभएको छ ।
गाँउपालिकाका सात वटै वडामा ३५ जनाका दरले सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गरिएको छ । सुनौला हजार दिनका आमा र वच्चाको स्वास्थ्य तथा पोषणमा सुधार गर्ने उद्देश्यले अस्तोलोप र हेम्पसार जातका कुखुरा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख साँउदले जानकारी भयो ।
सुनौला हजार दिनका आमालाई कुखुराको अण्डा उत्पादन गरी स्वास्थ्य सुधार र गाँउपालिकामा कुपोषणको दर न्यूनिकरण हुने विश्वास ब्यक्त गर्न भयो । गाँउपालिकामा बहुक्षेत्रिय पोषणका अन्र्तगत कुखुरा वितरण, कुखुराको दाना र खोर सुधारका लागि आठ लाख ५ हजार वजेट छुट्याईएको पशु शाखा प्रमुख दिलिप शाहले जानकारी दिनुभयो ।