FAQs Complain Problems

समाचार

अन्तराष्ट्रिय युवा दिवस चौरपाटी गाउँपालिकामा भव्यताका साथ मनाईयो

शंकर थापा साउन २७ अछाम

अन्तराष्ट्रिय युवा दिवस चौरपाटी गाउँपालिकामा भव्यताका साथ मनाईएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा गाउँपालिमा बिभित कार्यक्रम गरी दिवस मनाईएको हो । युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष शेर बहादुर सुनारको अध्यक्ष्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष्य हर्क बहादुर साउँद रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष्य हर्क बहादुर साउदले बरोजगार युवाहरुलाई आत्मानिर्भर बनाउन र गाउँपालिकाको बिकास गर्न तथा बैदेशिक रोजगारमा लागेका युवाहरुलाई गाउँ फर्काउन “ युवामा लगानी “ कार्यक्रम गर्ने बताउनु भएको छ ।

युवाहरुका मागहरु पुरा गर्नको लागी आफु र गाउापालिका तयार रहेको बताउदै समृद्ध गाउँपालिका बनाउनको लागी युवाहरुको अहम भुमिका रहको कुरामा जोड दिनुभयो । लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन । साथै उहाँले गाउँपालिकामा “ युवामा लगानी “कार्यक्रमको सुरुवात गर्न लागेको बताउदै सबैले सहयोग गर्नु पर्ने बताउनुभयो ।

वाक नेपाल र सेभ द चिल्ड्रेन द्वारा संचालित युवा सशक्तीकरण बुलगारी परियोजनाको सहयोगमा , युवा तथा खेलकुद बिकास समितिको आयोजनामा र चौरपाटि गाउँपालिकाको समन्वयमा “शिक्षामा रुपान्तरण उद्यमशिल्तामा नव पर्वतन” भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरीएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद ढुंगाना लगायत सबै वडाका वडा अध्यक्ष्य, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी लगायत युवाहरुको सहभागीता रहेको वाक नेपाल शसक्तिकरण बुलगारी परियोजनाका टेकेन्द्र परियारले जानकारी दिनुभयो ।

साथै कार्यक्रममा वाक नेपाल र सेभ द चिल्ड्रेन बाट तालीम प्राप्त गरी राम्रो ब्यबसाय गरेर सफल उद्यमी बन्न सफल २ जना युवा उध्यमीहरु लाई १२ हजार ५ सय पुरस्कार सहित सम्मान गरीएको छ । चौरपाटी गाउपालिका वडा नम्वर १ सिउडीका जय बहादुर थापा र वडा नम्वर ७ मार्कुका केशर बोगटी लाई सम्मान गरिएको हो । कार्यक्रमको सञ्चालन सुनौलो बिहानी युवा क्लबका अध्यक्ष राम बहादुर साउदले गर्नुभएको वाक नेपालका युवा शसक्तिकरण बुलगारी परियोजनाका टेकेन्द्र परियारले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष: