FAQs Complain Problems

समाचार

काम नै नगरी बिल पास गर्ने चलनको अन्त्यका लागि इमान्दार हुनुपर्ने : अध्यक्ष साउद

राजेन्द्र कुवर, मंसीर १६ अछाम

चौरपाटी गाउँ पालिका वडा नम्बर ६ दुनिमा यस आर्थिक बर्ष संचालन हुने योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुका लागि योजना कार्यन्वयन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यशाला गोष्ठी सप्पन्न भएको छ ।

कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसन्बाट चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले काम नै नगरी बिल पास गर्ने चलनको अन्त्यका लागि जनप्रतिनिधि उपभोक्ता समितिका पदाधिकारी र आम उपभोक्ताहरुले इमानदार भै काम गर्न अनुरोध गर्नु भयो ।

गाउँ पालिकाले निर्माण गर्ने भौतिक पुर्बाधारका योजना गुणस्तरीय बनाउनका लागि सबैले इमानदार हुनु पर्ने बताउदै अध्यक्ष साउदले दिगो बिकासका लागि बिकास निर्माणका हरेक काममा सहयोग गर्न अनुरोध गर्नु भयो ।

चौरपाटी गाउँ पालिका वडा नम्बर ६ दुनिमा निर्माण गरिने ११ योजनाका ३३ जना उपभोक्ता समितिका पदाधिकारीको सहभागिता रहेको अभिमुखिकरण गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत गणेश प्रशाद जैशि नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला कमिटी सचिबालय सदस्य रामबहादुर आउजी लगाएतकाले बोल्नु भएको थियोे ।

अभिमुखिकरण कार्यशाला गोष्ठीमा स्वास्थ संयोजक धनबहादुर थापा इन्जिनियर लोकेन्द्र रावलले सहजीकरण गर्नु भएको थियोे ।

आर्थिक वर्ष: