FAQs Complain Problems

समाचार

चौरपाटी गाउँपालिका अनिवार्य तथा आधारभूत शिक्षा घोषणा

राजेन्द्र कुवँर असार १३ अछाम

चौरपाटी गाउँ पालिकालाइ अनिवार्य तथा आधारभूत शिक्षा घोषणा कार्यक्रम सप्पन्न भएको छ । बालबालिका लाई बिधालय ल्यौ सिकाउ र टिकाउ भन्ने मुल नाराका साथ घोषणा गरिएको कार्यक्रममा शैक्षिक सरोकारवाला सहभागी रहेका थिए ।

चौरपाटी गाउँ पालिकाका ७ वटै वडालाइ अनिवार्य तथा अधारभुत शिक्षा घोषणा गरि सके पछि गाउँ पालिकालाइ घोषणा गरिएको हो । घोषणा सभामा बोल्दै गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले अबको शिक्षा जीवन उपयोगी र ब्यबसायिक बनाउन तर्फ लाग्न सबैलाई आग्रह गर्नु भयो ।

चौरपाटी गाउँ पालिका भीत्रमा बिधालय जाने उमेर समुहका कुनै पनि बालबालिका सबै जना बिधालयको सेवा क्षेत्र भन्दा बाहिर नरहेको शिक्षा शाखा प्रमुख तक्ष बहादुर शाहले बताउनु भयो ।

चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षता भएको घोषणा सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य रामबहादुर थापा नेपाली काग्रेशका प्रतिनिधि गणेश बहादुर शाह शिक्षक महासंघ

जिल्ला अध्यक्ष दिपबहादुर कुवर बैजनाथ मा बि बिधालय ब्यबस्थापन समितिका अध्यक्ष शंकरमान बोहरा सिउडि मा बि प्रधानाध्यापक रमेश धानुकले शुभकामना राख्नु भएको थियो ।

आर्थिक वर्ष: