FAQs Complain Problems

समाचार

विद्यालय जाने उमेर समुहका बालबालिका शिक्षाको उज्यालो घामबाट बन्चित नहुने-अध्यक्ष साउद

राजेन्द्र कुँवर अछाम।चौरपाटी गाउँ पालिकाका २ र ३ नम्बर वडाको घोषणा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले गाउँ पालिका भरिका बिधालय जाने उमेर समुहका बालबालिका शिक्षाको उज्यालो घामबाट बन्चित नहुने बताउनु भयो ।

शिक्षाको बिकासले आत्रै गाउँ समाजको समग्र बिकास हुने भएकोले गाउँ पालिकाले शैक्षिक क्षेत्रको सुधारको लागि बजेट बिनियोजित गरेको बताउनु भयो ।चौरपाटी गाउँ पालिका भित्रका आधारभूत शिक्षा पाउनु पर्ने करिब २ सय २६ जना बालबालिका बिधालय बाहिर रहेको शिक्षा शाखा चौरपाटीका प्रमुख तक्षबहादुर शाहले बताउनु भएको छ ।

चौरपाटी गाउँ पालिका भीत्रका बिधालय जाने उमेरका सबै बालबालिकालाई बिधालय भर्ना गरे पछि सबै वडालाइ आधारभुत तथा अनिवार्य शिक्षा घोषण गरिएको हो ।चौरपाटी गाउँ पालिका वडा नम्बर ७ मार्कु वडा नम्बर २ सोकट र वडा नम्बर ३ गगुडा सोकटलाइ घोषणा गरिएको छ ।

आर्थिक वर्ष: