FAQs Complain Problems

समाचार

चौरपाटी गाउँपालिका लाइ पुर्ण साक्षरता घोषणा गर्न सरोकारवाला संग अन्तरक्रिया

राजेन्द्र कुवर साउन २६ अछाम

चौरपाटी गाउँ पालिकालाइ पुर्ण साक्षरता पालिका घोषणा गर्नका लागि सरोकारवाला संग आज अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ । अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख पदम बुढथापाले सरकारले तोकेका सबै सुचक पूरा गरेकोले चौरपाटी गाउँ पालिकालाइ पुर्ण साक्षर घोषणा गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै मंगलसैन नगर पालिकाका प्रमुख पदम बहादुर बोहराले समाज बिकासको मुख्य मेरुदण्ड नै शिक्षा भएकोले शैक्षिक क्षेत्रमा लगानी गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ प्रहरी प्रमुख  जनक बहादुर शाही शिक्षा समन्वय इकाईका प्रमुख लक्षमण गिरि लगाएतका सरोकारवालाको उपस्तिथि रहेको चौरपाटी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद ढुंगानाले बताउनु भयो ।

अछाम जिल्लाको चौरपाटी गाउँ पालिकाला भाद्रको पहिलो हप्तामा पुर्ण साक्षरता घोषणा गर्नका लागि सबै तयारी भएको वाक नेपाल शिक्षा परियोजना चौरपाटिका प्रमुख पुर्ण शाहले जानकारी दिनु भयो । गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा भएको बैठकमा चौरपाटी गाउँ पालिकाको साक्षरताका बारेमा जानकारी गराइएको थियोे ।

आर्थिक वर्ष: