FAQs Complain Problems

समाचार

समन्वयात्मक बैठक सम्पन्न

राजेन्द्र कुँवर/अछाम माघ ३

न्याय हेल्थ नेपालले संचालन गरेको बयलपाटा अस्पतालको स्वास्थ सेवा बिस्तार गर्न चौरपाटी गाउँ पालिकामा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
जन स्वास्थको हिसाबले गाउँ पालिकाका सुचक केहि कमि भए पछि न्याय हेल्थले चौरपाटी गाउँ पालिकामा चिकित्सा सेवा र स्वास्थ शिक्षा सुरु गर्न बैठकमा छलफल केन्द्रीत भएको अध्यक्ष हर्कबहादुर साउदले बताउनु भयो ।
बैठकमा चौरपाटी गाउँ पालिकाका तर्फबाट अध्यक्ष हर्कबहादुर साउद निमित्त प्रशासकीय प्रमुख धनबहादुर थापा स्वास्थ संयोजक कमल साउद र न्याय हेल्थ बयालपाटा अस्पताल तर्फबाट न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एस पि कलौनी अस्पतालका मेडिकल निर्देशक बिकास गौचनको सहभागिता रहेको थियो ।
चौरपाटी गाउँ पालिकामा चिकित्सा र स्वास्थ शिक्षा सेवा छिटो छरितो संचालन गर्न दुबै पक्ष आ आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्ध भएको स्वास्थ संयोजक कमल साउदले बताउनु भयो ।

आर्थिक वर्ष: