FAQs Complain Problems

समाचार

विद्यालयले कितावी ज्ञान सँगै कला सँस्कृतीको जर्गेना गर्नुपर्ने :अध्यक्ष साउद

शेर बहादुर शाह, अछाम : चौरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउदले विद्यालयलले कितावी ज्ञानका साथै कला सँस्कृतीको जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो । बुधबार चौरपाटीमा आयोजित चौरपाटी गाउँपालिका अन्तरगतका माध्यामिक विद्यालय स्तरीय देउडा गीत प्रतियोगिताको उद्घाटन कार्यक्रममा वोल्दै अध्यक्ष साउदले विद्यार्थीहरुको कितावी ज्ञानले मात्र क्षमता बृद्धि नहुने भन्दै प्रत्येक विद्यालयले समाजमा रहेका विकृती विसंगतीलाई छोड्दै पुर्खाले गरेका राम्रा चाल चलन स्थानीय भेषभुुषा, कला सँस्कृतीको जर्गेना गर्नु पर्ने बताउनुु भयो ।

अध्यक्ष साउदले देउडा गीत प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको क्षमता कला वाहिर ल्याउनका साथै विद्यार्थीहरुमा आपसी आत्मियता तथा सदभाव ल्याउने बताउनुभयो । प्रमुख अतिथी समेत रहनुभएका गाउँपालिका अध्यक्ष साउदले कला सँस्कृतीको जर्नेनाका लागि आगामी दिनमा विशेष योजना ल्याउने प्रतिबद्धता जनाउनु भयो ।

 

चौरपाटी गाउँपालिका वडा नंं ०४ का वडा अध्यक्ष तथा सामाजिक विकास समितीका संयोजक लाल बहादुर धामीको अध्यक्षतामा भएको माध्यामिक स्तरीय देउडा गीत प्रतियोगिता कार्यक्रमका विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष सर देवी खडकाले कला सँस्कृतिक संरक्षण तथा सम्बर्द्धनमा शिक्षक विद्यार्थीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

 

कार्यक्रममा सम्पूर्ण वडा अध्यक्षको तर्फबाट वडा नं. ०३ का अध्यक्ष विरेन्द्र कुमार साउद, शिक्षक महाँसंघ चौरपाटीका अध्यक्ष वम बहादुर शाह, विद्यार्थीको तर्फबाट बैजनाथ माविका हेमराज जोशी लगायतले मन्तब्य राख्नुभएको थियो ।
चौरपाटी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको देउडा गीत प्रतियोगितामा गाउँपालिकाका ७ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा बैजनाथ नमुना मा.वि पायल प्रथम, दयापिपलतोला मा .वि लुंग्रा दोस्रो, शान्ति मा वि मार्कु तृतिय, देविमाण्डौ मा वि दुनी शान्तवना भएका थिए ।

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र जोशीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन पत्रकार शेर बहादुर शाहले गर्नु भएको थियो ।

आर्थिक वर्ष: