समाचार
चौरपाटी गाउँपालिकामा राष्ट्रिय प्रशारण लाईनको बिद्युत सेवा सञ्चालन गरिदै
माघ २०, अछाम
आजबाट चौरपाटी गाउँपालिकाले गाउँपालिकाको केन्द्रमा राष्ट्रिय प्रशारण लाईनको बिद्युत सेवा सञ्चालनमा ल्याँउने भएको छ । गाउँपालिकाले औपचारीक कार्यक्रमको आयोजना गरि राष्ट्रिय बिद्युत लाईनको उदघाटन गरि सुभारम्भ गर्न लागेको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिनुभयो ।
गाउँपालिकाको केही भागमा बिद्युत सेवा पुगेको भएपनी गाउँपालिकाको मुकाम चौरपाटी र अधिकाँश वडामा बिद्युत सेवा पुग्न सकेको थिएन । अहिलेलाई चौरपाटी सम्म बिद्युत पुगाईएको र अन्य वडामा पनी बिद्युत बिस्तारको कार्यक्रम अघि बढिरहेको अध्यक्ष साउदले बताँउनुभयो । पछिल्लो समय चौरपाटी गाउँपालिकाले जनताको सहजताका लागि बिभिन्न गतिबिधिहरुमा तिब्रता दिईरहेको छ ।