FAQs Complain Problems

समाचार

चाैरपाटी गाउँपालिकाकाे कार्यालय

Read More

वृहत सांस्कृतिक उत्सव कार्यक्रम

Read More

चाैरपाटी गाउँपालिका धार्मिक पर्यटकीय स्थल देविथुम मन्दिर

Read More

चाैरपाटी गाउँपालिका वडा नं. ०४ पायल

Read More

चौरपाटी गाउँपालिका नवनिर्मित भवन उदघाटन

Read More

चौरपाटी गाउँपालिका नवनिर्मित भवन उदघाटन

Read More

चाैरपाटी गाउँपालिकाकाे बस्तुगत विवरण

  चौरपाटी गाउँपालिका नेपालका पुरानो प्रशासनिक विभाजन अनुसार सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत अछाम जिल्लामा र हाल  सुदुरपश्चिम  प्र देशमा पर्दछ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा अछाम जिल्लामा रहेका साविकका सिउडी, सोकट, पायल, लुङ्रा, मार्कु र दुनी गाविसका सबै वडाहरुलाई समेटेर चौरपाटी गाउँपालिका घोषणा गरिएको हो । चौरपाटीगाउँपालिकाको क्षेत्रफल १८२.१६ वर्ग किलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडाहरूमा विभाजन गरिएको छ । भौगोलिक विविधता भएको कारण यहाँको हावापानी उचाई तथा समय अनुरुप फरक फरक छन् । अत्यन्त गर्मी हावापानीदेखि अति ठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले यो ठाउं निकै प्रसिद्ध छ । धेरैजसो पहाडी भुभाग रहेको यस गाउँपालिकामा नदी किनारका समतल मैदान एवं टारहरु, खोंच तथा वेसी रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्व दक्षिणमा मंगलसेन, पश्चिम दक्षिणमा डोटि जिल्ला, उत्तरमा खप्तड राष्ट्रिय निकुन्ज र साँफेबगर रहेका छन् ।

जनप्रतिनिधि