FAQs Complain Problems

चौरपाटिमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव सम्पन्न

शेर बहादुर शाह ,अछाम:धान बालिमा जैविक विविधता उपयोग ,आयात प्रतिस्थापनमा सहयोग भन्ने मुल नाराका साथ १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७९ चौरपाटि गाउँपालिका कृषि बिकास शाखा अछामको आयोजनामा वडा नम्बर ५ को ईन्द्रा बन मा गरिएको छ ।

रोपाई महोत्सवमा चौरपाटि गाउपालिका का अध्यक्ष भिम बहादुर साउद ,उपाध्यक्ष सरदेबी खड्का ,५ नम्बर वडा अध्यक्ष हिउकर्ण खड्का ,कार्यपालिका सदस्य भरत बहादुर बिश्वकर्मा ,शिक्षा शाखा प्रमुख रामचन्द्र जोशी ,प्रहरी चौकी सिउडिका प्रमुख अकबर सिंह धामी लगायतको सहभागीता रहेको थियो ।

रोपाई महोत्सव सहभागी हुँदै पालिका अध्यक्ष साउदले निर्वाहमुखि कृषीलाई आधुनिक ब्यसायिक कृषि उन्मुख गर्ने बताउदै कृषि क्षेत्रको बिकासका लागी पालिकाले विशेष जोड दिने बताउनुभयो ।

आर्थिक वर्ष: