FAQs Complain Problems

दशपल्ले पानी मा.बी सोकटको १३ औ अभिभावक भेला सम्पन्न

शेर बहादुर शाह ,अछाम : दशपल्ले पानी माबी को १३ औ अभिभावक भेला चौरपाटि गाउपालिका वडा नम्बर २ सोकटमा बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा चौरपाटि गाउपालिकाका अध्यक्ष भिम बहादुर साउद रहनु भएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष साउदले आफुले कखरा सिकेको बिद्यालयको अग्रगामी विकासका लागि सदैब प्रयत्न गर्ने, विद्यालय लाई नमूना योग्य बनाउन सबैको सहयोग समन्वय र सहकार्यको आवश्यकता पर्ने कुरामा जोड दिनु भयो ।

राजनीतिक रुपमा विद्यालय लाई चोखो राख्नुपर्ने भन्दै सम्पूर्ण अभिभावक लाई विद्यालय को चौतर्फी विकासमा आत्मसात गरि अघि बढ्न आह्वान गर्नु भयो ।

यस्तै कार्यक्रममा बिशिस्ट अथिती वडा अध्यक्ष रण बहादुर साउद रहनुभएको थियो ।

सोहि कार्यक्रमका बिशिस्ट अथिती चौरपाटि गाउपालिका शिक्षा शाखा प्रमुख रामचद्र जोशीले विशिस्ट अतिथिको आसन बाट बोल्दै चौरपाटी गाउँपालिकाका शिक्षा अधिकृत रामचन्द्र जोशीले विद्यालय ज्ञान आर्जन गर्ने मन्दिर भएकोले यसलाई सदैब पवित्र बनाइ राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

विद्यालयमा थुप्रै समस्या रहेको औल्याउँदै उक्त समस्या सामुहिक रुपमा समाधान गरि आधुनिक ,राष्ट्रिय ,अन्तरास्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न विद्यालय सक्षम हुनुपर्ने उल्लेख गर्दै शिक्षक हरुलाइ इमानदारी साथ पेशा प्रती बफादार रहदै अध्यापन गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा नेकपा एमालेका झंकर साउद ,नेपाली काङ्ग्रेसका धर्म जिमि साउद ,माओवादीका दिलबहादुर साउद ,पुर्ब वडा अध्यक्ष नारायण साउद लगायतले मन्तव्य राख्नु भएको कार्यक्रम बिधालय ब्यवस्थापन समितीका अध्यक्ष पुर्ण साउदको अध्यक्षता सम्पन्न कार्यक्रममा अभिभावक ,बिद्यार्थी ,युवा,समाजसेवी ,सुरक्षाकर्मी ,लगायत्को सहभागीता रहेकोे कार्यक्रममा सहायक प्र.अ शिव बहादुर ऐडिले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम को संचालन लेखापाल नर बहादुर साउदले गर्नुभएको थियोे ।

२०१७ सालमा स्थपना भएको सो बिधालयमा हाल ९४१ जना बिधार्थि अध्यनरत रहेका छन् ।

 

आर्थिक वर्ष: