FAQs Complain Problems

समाचार

रिचार्ज पोखरी निर्माण अभियानमा राजनीतिक दलका नेता कार्यकर्ताको उत्साह जनक सहभागीता

राजेन्द्र कुवर साउन ९ अछाम

चौरपाटी गाउँ पालिकाले अभियानको रूपमा संचालन गरेको रिचार्ज पोखरी निर्माण अभियानमा राजनीतिक दलका नेता कार्यकर्ताको उत्साह जनक सहभागीता रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला कमिटी सदस्य रामबहादुर थापाले अभियानको पहिलो दिन साउन ७ गते देखि आफू सहितको टोलि लिएर गाउँ पालिकाका विभिन्न वडामा गएर श्रमदान गर्नु भएको जानकारी प्राप्त भएको छ ।

रामबहादुर थापाले नेतृत्व गरेको टोलिमा जिल्ला कमिटी सदस्य टेकबहादुर थापा लगाएतका नेता कार्यकर्ता परिचालित भै वडा नम्बर १ सिउडी र वडा नम्बर ४ पायलका विभिन्न समुहमा गै आफै रिचार्ज पोखरी निर्माणकार्यमा सहयोग गरेको वडा नम्बर ४ पायलका वडा सदस्य बिस्णुदत्त जोशीले बताउनु भयो ।

त्यसै गरि पार्टी जिल्ला कमिटी सदस्य रामबहादुर आउजीले चौरपाटी गाउँ पालिका वडा नम्बर ७ मार्कुमा साउन ६ गते भएको तयारी बैठकमा सहभागी भै रिचार्ज पोखरी निर्माण अभियानमा सहयोग गर्न सुझाव दिदै अभियान अवधी भरी श्रमदान गरेर सहयोग गर्न सबैलाइ आग्रह गर्नु भयो ।

जिल्ला कमिटी सदस्य देबबहादुर साउद र पुर्ण साउदले चौरपाटी गाउँ पालिका वडा नम्बर २ र ३ मा पार्टी कार्यकर्ता परिचालन गरिएको रामबहादुर थापाले बताउनु भयो । नेपाली काग्रेश पार्टी जिल्ला कमिटी सदस्य टेकबहादुर साउदका अनुसार चौरपाटी गाउँ पालिकाका सबै वडामा पार्टी नेता कार्यकर्ता परिचालन गरि रिचार्ज पोखरी निर्माण अभियान सफल गर्न लागेको बताउनु भयो ।

रिचार्ज पोखरी निर्माण अभियान २०७६ लाई सफल पार्न बिकास साझेदार संघ संस्था रुडेक नेपाल वाक नेपाल मालिका बिकास संघ सेवक नेपाल सम बिकास र आड्रा नेपालले सामाजिक परिचालन संगै प्राबिधिक सहयोग गरि रहेको गाउँ पालिकाले जनाएको छ ।

आर्थिक वर्ष: