समाचार
चाैरपाटी गाउँपालिकामा चाैरपाटी गाउँपालिका र ग्रामिण विकास प्रशिक्षण केन्द्र डाेटीकाे अायाेजनामा चाैरपाटी गाउँपालिका अछामका जनप्रतिनिधि र कर्मचारीहरूका लागी सामाजिक जवाफदेहिता सम्बन्धि ०३ दिने प्रशिक्षण कार्यक्रम समापन गरियाे
स्थानीय ग्रामीण बिकास प्रशिक्षण केन्द्र डोटिले आर्थिक बर्ष ०७६/७७ को पहिलो तालीम चौरपाटी गाउँ पालिका अछामबाट सुरु गरेको छ । प्रशिक्षण केन्द्र डोटिले सुदुरपश्चिममा सरकारी स्तरबाट जन प्रतिनिधि र कर्मचारीलाई बिगत लामो समय देखि विभिन्न विषयमा क्षमता बिकासका तालीम दिदै आइ रहेको छ ।
चौरपाटी गाउँ पालिकाले मानवीय बिकास र भौतिक बिकासमा संचालन गरेका गतिविधिबाट प्रभावित हुँदै यो आर्थिक बर्षको पहिलो तालीमको सुरुवात गरेको स्थानीय ग्रामीण बिकास प्रशिक्षण केन्द्र डोटिका निर्देशक तपेन्द्र रिजालले बताउनु भयो ।
मानबिय बिकास बिना भौतिक बिकासको दिगोपनको सम्भावना न्युन हुने भएकोले जनप्रतिनिधि र रास्ट्र सेवक कर्मचारीको क्षमता बिकासमा प्रशिक्षण केन्द्रले जोड दिएको निर्देशक रिजालले बताउनु भयो ।स्थानीय ग्रामीण बिकास प्रशिक्षण केन्द्र डोटिले माग र आवश्यकताको आधारमा विभिन्न स्थानीय तहमा एकीकृत सम्पति कर ,
स्थानीय तहको वार्षिक योजना तथा बजेट प्रकृया, सामाजिक जबाफदेहिता, लैङ्गिक उतरदायी बजेट , बालमैत्री स्थानीय शासन , स्थानीय तहमा सूचनाको हक, प्रभावकारी सेवा प्रबाहको लागि सकारात्मक सोच, र नेतृत्व सीप बिकास तथा महिला सशक्तीकरण तालीम दिने निर्देशक रिजालले बताउनु भयो ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता बिकासको तालिमना जापन अन्तर्राष्ट्रिय सहयोग नियोगको निरंन्तर साझेदारी र सहयोग रहने जाइकाका फिल्ड संयोजक संगिता रानाले बताउनु भयो । चौरपाटी गाउँ पालिकाको मानबिय र भौतिक पुर्बाधारको बिकासका लागि बिकास साझेदार सघ संस्था संग हातेमालो गरेर अघि बढ्ने गाउँ सभाबाट नितिगत निर्ण्य गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रशाद ढुंगाना जैशिले बताउनु भयो ।