FAQs Complain Problems

समाचार

शान्ती माविको वार्षिक उत्सब सम्पन्न

अछामको चौरपाटी गाँउपालिकाको मार्कुमा रहेको शान्ती माध्यमिक बिद्यालयको ५८ औ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साँउदले विद्यालयलाई राम्रो बनाउन हाम्रो बिद्यालय राम्रो बिद्यालय अभियान सुरु गर्नु पर्ने र सोमा सम्पुर्ण शिक्षा प्रेमिहरु लाग्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा विद्यालयको आर्थिक शैक्षिक र भौतिकपुर्बाधारको प्रतिबेदन प्रधानाध्यापक मोतिलाल सुबेदिले प्रस्तुत गर्नु भएको थियो । मेहनत र अनुशासित तथा उत्कृष्ट विद्यार्थिहरुलाई सम्मान र पुरुस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा जनप्रतिनिधि, स्थानिय, अविभावक, शिक्षक, विद्यार्थि पत्रकार लगायत सहभागीता रहेको थियो ।

आर्थिक वर्ष: