FAQs Complain Problems

समाचार

चौरपाटी गाउँपालिका–६ दुनीलाई एक कार्यक्रमका विच बालमैत्री स्थानीय शासन वडा घोषणा

कालु बोहरा पौष २१, अछाम
             चौरपाटी गाउँपालिका–६ दुनीलाई एक कार्यक्रमका विच शनिवार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नु भएको छ । वालमैत्री स्थानीय शासन वडा घोषणा गर्न वडाले सेवा प्रवाह सम्बन्धी २९ वटा , संस्थागत तर्फ १२ र आफ्नै मौलिक दुईवटा सूचक गरी ४१ वटा सूचक पार गरे सँगै वडालाई वालमैत्री स्थानिय शासन वडा घोषणा गरेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन अनुसार बाल बचाउँ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागितासँग सम्बन्धित कम्तिमा पनि ३९ वटा सूचकहरू पुरा गरिएमा गाउँपालिका वा वडालाई बालमैत्री घोषणा गरिने प्रावधान रहि आएको छ । मुलुक संघीय संरचनामा गईसकेपछि दुनी अछाम जिल्लाको पहिलो तथा  सुदुरपश्चिम प्रदेशको दोस्रो बालमैत्री वडा घोषणाको गरिएको छ  ।
             चौरपाटी गाँउपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहनु भएको थियो । मन्त्री सुवेदीले वालमैत्री स्थानिय शासन वडा घोषणा मात्र सिमति नभई कार्यन्वय गर्नु पर्नेमा जोड दिनु भयो । मन्त्री सुवेदीले वडा तथा गाँउ परिषदमा वालवालकिाको सहभागिता, वालवालिकाको क्षेत्रमा समान सहभागिता गर्नु पर्नेमा जोड दिनु भयो ।

            उहाँले जनप्रतिनिधीले भाषणमा मात्र नभई काम गर्नुे समय आएको बताउनु भयो । मन्त्री सुवेदीले जनप्रतिनिधीले आफुले जनता सामू चुनावताका समयमा गरेका वाचा पुरा गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले यस अघि प्रदेश सरकार निती नियमको काममा ब्यस्त रहेको भन्दै अब कार्यान्वय तिर लम्कि रहेको बताउनु भयो ।
           यस्तै कार्यक्रमका विशिष्ट अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य मीना साँउद रहनु भएको थियो । विशिष्ट अतिथी प्रदेश सभा सदस्य साँउदले वालमैत्री स्थानिय शासन वडा घोषणा गर्न सबै स्थानिय वासीले सहयोग गरे झै कार्यन्वय गर्न समेत आवश्यक रहेको बताउनु भयो । उहाँले समाजमा रहेका कुरुती कुसँस्कार वाल विवाह, वहुविवाह, छाउपडी कुप्रर्थाको  अन्त्य गर्दै मौलिक सँस्कृतिक रितिरिवाजको जर्गेना गर्नु पर्नेमा जोड दिनु भएको छ ।

        यस्तै कार्यक्रमका अन्य अतिथिमा जिल्ला समनवय समिती उप संयोजक टोप बहादुर रावल, दिपायल सिलगढी नगरपालिका डोटीका नगर प्रमुख मञ्जु मलासी, मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहरा, पूर्वि चौकी गाउँपालिका डोटीका अध्यक्ष दिर्घ वोगटी, नेकपा का नेता चन्द्र बोहरा, नेपाली काँग्रेस जिल्ला कार्य समिती सदस्य टेक बहादुर साउद, पत्रकार महाँसघ प्रदेश सदस्य नरेन्द्र रावल, गैसस जिल्ला सदस्य तपेन्द्र कुँवर लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन चौरपाटी गाँउपालिका प्रेस सल्लाहाकार राजेन्द्र कुँवरले गर्नु भएको थियो ।

आर्थिक वर्ष: