FAQs Complain Problems

चाैरपाटी गाउँपालिकाका सबै वडामा क्वारेनटाइन निर्माण गरिदै

चैत्र, २३ अछाम

विश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिमलाई राेकथाम तथा न्यूनिकरणका लागि चाैरपाटी गाउँपालिकामा विभिन्न क्रियाकलाप गरिरहेका छन ।

काेराेना भाइरसका कारण नेपाल लगायत धेरै राष्ट्र लक डाउन गरिरहेकाे समयमा चाैरपाटी गाउँपालिकाका विभिन्न वडाले करेन्टटाइन स्थल स्थपना गरि भारत तथा अन्य मुलुकबाट अाउने नेपाली नागरिकलाई करेन्ट टाइममा राखिने गाउँपालिकाले जनाएकाे छ ।

भारत तथा अन्य मुलुकबाट अाउने नागरिककाे लागि वडा नं १ सिउडीले वडा स्थित सामुदायिक विद्यालयमा करेन्ट टाइम स्थल निर्माण गर्न लागिरहेकाे वडा अध्यक्ष शालिभान साउदले जानकारी दिनु भयाे । यस्तै वडा नं ४ पायलले पनि वडामा रहेका सात वटा विद्यालयमा २१८ जना राख्न सक्ने गरि करेन्ट टाइम स्थल निर्माण गरिने वडा अध्यक्ष हर्क बहादुर लाेहारले जानकारी दिनु भयाे ।

यता वडा नं ५ लुंग्राले वडाका ८ वडा सामुदायिक विद्यालयमा १५० जना सम्म राख्न सक्ने गरि करेन्ट टाईम स्थल ताेकेकाे छ । करेन्ट टाइम स्थल ताेकिएकाे स्थानलाई भाेलीबाट सरसफाइ गरि अावश्यक सामाग्री ल्याउने वडा अध्यक्ष टेक बहादुर खडकाले बताउनु भयाे ।

उता वडा नं ६ दुनीले पनि विद्यालय र अन्य सामुदायिक भवन गरि अाठ स्थानमा करेन्ट टाइम स्थल ताेकिएकाे छ । दुनिकाे चाैखुट्टे वजार जिल्लाकाे मुख्य प्रवेशद्वार समेत रहेकाले काेराेना भाइरस नियन्त्रणका लागि थप प्रचार प्रसार गरिने वडा अध्यक्ष मने साउदले बताउनु भयाे ।

यस्तै वडा नं ७ मार्कुले पनि वडाका तीन वडा सामुदायिक विद्यालयलाई करेन्ट टाईम स्थल ताेकिएकाे वडा अध्यक्ष गणेश बहादुर वाेगटीले जानकारी दिनु भयाे । करेन्ट टाइम स्थल ताेकिएकाे भवनमा भाेलीबाट सरसफाई तथा अावश्यक सामाग्रीकाे लागि ल्यनउने तयारी भईरहेकाे वडा अध्यक्षहरु जानकारी दिनुभएकाे छ ।

यस्तै वडा नं २ र ३ मा करेन्ट टाईम स्थलका लागि भाेली अाकस्मिक बैठक वाेलाएकाे वडा कार्यलयले जनाएकाे छ । यस्तै चाैरपाटी गाउँपालिकाका सात वटै वडामा वसाेवासकाे पहिचाहन गर्न गाउँपालिकाका प्रत्येक घरदुरीकाे वर्तमान जनसंख्या अवस्था, देश विदेशमा रहेका गाउँपालिकाका नागरिककाे तथ्यांक संकलन कार्यभईरहेकाे एम अाई एस अपरेटर कालू बाेहराले जानकारी दिनु भयाे ।

यस्तै कोरोना भाईरस (कोभिड–१९) को स्थानियलाई उच्च जोखिम राेकथाम तथा न्यूनिकरण गर्न अाज वडा न १, ४,५ मा ११ सय र वडा न. ६ र ७ मा ९ सय मास्क वितरण गरिएकाे छ ।

आर्थिक वर्ष: