प्रदेशमै पहिलो ऐन ल्यायो चौरपाटीले

सुदुरपश्चिम प्रदेशमा सबै भन्दा पहिले फोहोरमैला ब्यबस्थापन ऐन २०७५ पारित गर्दै चौरपाटि गाउँपालिकाले चौथो गाउँ सभा सम्पन्न गरेको छ ।
गाँउपालिकाका अध्यक्ष हर्कबहादुर साँउदको अध्यक्षतामा सम्पन्न भएको गाउँसभाले सरसफाई व्यवस्थापनका साथै अन्य ऐनहरु पारित गरेको हो । सभाले चालु आर्थिक बर्षमा भए गरेका क्रियाकलापहरु, विनियोजित भएका खर्च, आम्दानीका विषयमा निर्णयहरु तथा प्रगति प्रतिबेदन पेश भएको थियो । सभाले आगामी समयका लागी केहि नयाँ निति तथा कार्यक्रमहरु समेत पारित गरेको गाँउपालिकाका प्रेश सल्लाहकार राजेन्द्र कुबरले जानकारी दिनु भएको छ ।
गाउँसभामा वडा नं १ देखि ७ सम्मका वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, बिषयगत समितिका सदस्य, कानुनि सल्लाहकार, स्वास्थ संयोजक, प्रेश सल्लाहकार लगायतको सहभागीता रहेको थियो ।

आर्थिक वर्ष: