FAQs Complain Problems

चौरपाटी गाउँपालिकाद्धारा जिल्ला बाहिर रहेका ब्यक्तिको तथ्याङ्क सार्वजनिक

कालु बोहरा चैत्र ३०,अछाम

चौरपाटी गाउँपालिकाले आफ्ना भारत लगायत अन्य मुलुकमा रहेको ब्यक्तिको तथ्याङ्क सार्वजनिक गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (भाइरस कोभिड १९)को उच्च जोखिमलाई न्यूनिकरण गर्न गाउँपालिकाका सात वटै वडामा गरेको तथ्याङ्कका आधारमा गाउँपालिका लगायत वाहिर जिल्ला तथा भारत लगायतअन्य मुलुकमा कामको शिलशिलामा वाहिर गएको ब्यक्तिको तथ्याङ्क सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिनु भयो ।

गाउँपालिकाका सात वटै वडामा चैत्र २३ देखि २५ गते सम्म संकलन गरेको तथ्याङ्क अनुसार ४९६९ घर दुरीका २७९३ महिला र ५४२५ पुरुष गरी ८२१८ ब्यक्ति भारतमा रहेको आईतबार तथ्याङ्क सार्वजनिक गरेको छ ।

यस्तै २ महिला र ६५ जना पुरुष गरी ६७ जना कामको शिलसिलामा अन्य मुलुकमा, ७४८ महिला, १०५२ पूरुष गरी १८ सय नेपालका अन्य जिल्ला वाहिर रहेको गाउँपालिका अध्यक्ष्ँ साउदले जानकारी दिनु भयो ।

गाउँपालिकाका जम्मा ३२३३१ जनसंख्याा रहेकोमा हाल पालिकाका सात वटै वडामा १२३१७ महिला र ७८७४ पुरुष गरी २०१९१ जनसंख्या मात्र पालिकामा रहेको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैशी ढुंगानाले जानकारी दिनुभयो ।

हाल पालिका वाहिर १२१४० जना जिल्ला वाहिर रहेकाले लगडाउन खुल्ने वित्तिकै घर फर्किन सक्ने भन्दै पालिकाका सात वटै वडामा क्वारेन्ट टाईन स्थापना गरिरहेको प्रमुख प्रशासकिय अधिकृत जैशी ढुंगानाले बताउनु भयो ।

आर्थिक वर्ष: