FAQs Complain Problems

चौरपाटी गाउँपालिका अध्यक्ष साउद द्वारा गगुडा आधारभुत बिधालयको अनुगमन

राजेन्द्र कुवर, मंसिर २ अछाम

चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले वडा नम्बर ३ स्थित गगुडा आधारभुत बिधालयको आज अनुगमन गर्नु भएको छ ।

अनुगमनको क्रममा शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि बिद्यार्थी शिक्षक र अभिभावकको महत्त्वपूर्ण भुमिका रहने भएकोले सबैले इमानदार भएर जिम्मेवारी पूरा गर्नु पर्ने बताउनु भयो ।

समाज बिकासको मुख्य मेरुदण्ड शिक्षा भएकोले चौरपाटी गाउँ पालिकाले शैक्षिक क्षेत्रको चौतर्फी बिकासका लागि बजेट बिनियोजन गरि विभिन्न कार्यक्रम संचालन गरेकोले सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गर्नु भयो ।

अनुगमन गर्ने क्रममा चौरपाटी गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामबहादुर साउद सदस्यहरु बिरेन्द्र साउद लछि टमट्टा र लालमति साउद लगाएत अभिभावकको उपस्थिति रहेकोे थियोे ।

गगुडा आधारभूत बिधालयका प्रधानाध्यापक एकेन्द्र शाहले बिधालयको आर्थिक भौतिक र शैक्षिक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियोे । शिक्षक देबबहादुर साउदले संचालन गरेको कार्यक्रममा शिक्षा सेवा आयोगबाट शिफारिस भएर आएका शिक्षकलाइ स्वागत गरेको थियोे ।

आर्थिक वर्ष: