जेष्ठ नागरिकका गुनासो सुन्न गाउँपालिकामा कार्यक्रम

अछामको चौरपाटी गाउँपालिकाले जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ। जेष्ठ नागरिकका समस्या, गुनासो सम्बोधन र सम्मानका लागि कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले जानकारी दिए।

कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नम्बर १ सिउडीका ३४ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको छ। ‘नयाँ कामको सुरुवात गरौँ, जेष्ठ नागरिकलाई सम्मान गरौ’ भन्ने मूल नाराका साथ चौरपाटी गाउँपालिकाले सातवटा वडामा जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने भएको छ।

जेष्ठ नागरिकको कार्य अनुभवको उच्चसम्मान गर्नुपर्ने अध्यक्ष साउँदले बताए। उनले भने, 'जेष्ठ नागरिकले समाजप्रति पुर्‍याएको योगदानको युवा पुस्ताले सम्मान गर्न नसकेको अवस्थामा कार्यक्रमको सुरुवात गरेका छौँ', उनले भने, 'विकास निमार्णसँगै जेष्ठ नागरिकका मुद्दालाई सम्बोधन गर्नतर्फ लाग्न पनि जरुरी छ।'

जेष्ठ नागरिकहरूको स्वास्थ परीक्षणका लागि स्वास्थ शिविर पनी सञ्चालन गर्ने साउँदले जानकारी दिए।

आर्थिक वर्ष: