चौरपाटी गाउँपालिकाले मनायो महिला दिवस

अछामको चौरपाटी गाउँपालिकाका ७ वटा वडामा १०९ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाईएको छ ।
गाउपालिका स्तरीय महिला संजालको आयोजनामा विभिन्न कार्यक्रमहरु संचलान भएको हो । सोहि दिबशका अबसरमा आयोजित एक औपचारीक कार्यक्रममा बोल्दै चौरपाटी गाँउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति हर्कबहादुर साउदले गाँउपालिकाबाट संचालन हुने हरेक विकास निर्माणका कार्यक्रम तथा निति निर्माण र योजना निर्माणमा महिलाहरुको सहभातीतामा आफुहरु अघि बढ्ने बताउनु भएको छ । त्यस्तै अध्यक्ष साँउदले महिलाको सहभागिता बिना गाउँ बस्तिको बिकास असम्भाव रहेको समेत बताउनु भएको हो ।
महिला संञ्जालका अध्यक्ष धनशोभा खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अथिति गाँउपालिकाका उपाध्यक्ष माया कुँबर रहनु भएको थियो । दिवशको अबशरमा विभिन्न संस्कृतिक कार्यक्रम तथा देउडा गितहरु प्रस्तुति गरिएको आयोजकले बताएको छ ।

आर्थिक वर्ष: