पर्यटकिय क्षेत्र शान्नीकोट मन्दिरको प्रवेशद्वार शिलान्यास

बैशाख १६,अछाम
          सुदुरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवरले पर्यटक आगमनको लागि पर्यटकिय क्षेत्रको संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । आईतबार चौरपाटी गाउँपालिका वडा नं ७ मार्कु स्थित शान्निकोट मन्दिरको प्रवेशद्वारको शिलान्यास पछि बोल्दै प्रदेश सभा सदस्य कुँवरले पर्यटकिय क्षेत्रको संरक्षण पर्यटन प्रवर्द्वनका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले जनताले पर्यटकिय क्षेत्रमा आएको वजेटको सहि सदुपयोग गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । शिलान्यास  कार्यक्रममा नेकपाका नेता राम बहादुर आउजी, चेतमान बोेगटी, ललित वोगटी लगायतको सहभागिता रहेको थियो ।

          सान्निकोट मन्दिरको मुलद्वार निर्माणका लागि प्रदेश सरकार अन्र्तगत पर्यटन तथा उद्योग मन्त्रालयबाट १० लाख बजेट छुट्याएको छ । उक्त  मन्दिरको मुलद्वार निर्माणका लागि उपभोक्ता  समिति गठन गरि निर्माण कार्य अघाडि बढेको उपभोक्ता समिति अध्यक्ष झंकर वोगटीले जानकारी दिनु भयो ।
योजनाको अनुगमन


        

आर्थिक वर्ष: