FAQs Complain Problems

योजना ब्यवस्थापन सम्बन्धि २ दिने अभिमुखिकरण कार्यशाला गोष्टी चौरपाटीमा सुरू

राजेन्द्र कुवर कार्तिक, २७ अछाम

चौरपाटी गाउँ पालिकामा योजना ब्यवस्थापन सम्बन्धि गाउ सभाका सदस्यहरुका लागि २ दिने अभिमुखिकरण कार्यशाला गोस्ठिको उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यशाला गोस्ठिको उद्धघाट्न गर्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले भौतिक पुर्बाधारको दिगो बिकासका लागि जनप्रतिनिधिको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।

मानवीय तथा भौतिक पुर्बाधारको बिकासका लागि समृद्ध चौरपाटी निर्माणका लागि बिकास साझेदार संघ संस्था संग साझेदारी गरि अघि बढ्न लागेको बताउदै अध्यक्ष साउदले सहयोग गर्न अनुरोध गर्नु भयो । कार्यशाला गोस्ठिमा जनप्रतिनिधिको भुमिका उपभोक्त समितिका काम कर्तव्य अधिकार योजनाको ब्यबस्थापन र चरणका बारेमा छलफल भएको प्रमुख प्रशासकीय प्रमुख गणेश प्रशाद जैशी ढुंगानाले जानजारी गराउनु भयो ।

नगरपालिका महासंघ सुदुरपश्चिम प्रदेशका ब्यबसथापक झंकरबहादुर कुवरले सहजीकरण गर्दै दिगो बिकासका लागि सम्पुर्ण जनप्रतिनिधि परिचालन हुनु पर्ने बताउनु भयो । चौरपाटी गाउँ पालिकाले आयोजना गरेको कार्यशाला गोष्ठीमा अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष गाउँ कार्यपालिकाका सदस्य गाउँ सभाका सदस्य स्वास्थ प्राविधिक योजना शाखाका प्रमुख प्रतिनिधिको सहभागिता रहेको थियोे ।

आर्थिक वर्ष: