FAQs Complain Problems

चौरपाटी गाउँपालिका द्धारा सोलार बितरण

 राजेन्द्र कुवँर असार १३ अछाम

 

चौरपाटी गाउँ पालिकाले असार १० गते हाम्रो घाम उज्यालो बस्तिको नारालाइ आफ्नो नीति तथा कार्यक्रम पास गरे संगै सौर्य उर्जा अन्तरगत सोलार बितरण गरेको छ ।

 

छरिएर रहेको बस्तीमा बिधुत सेवा बिस्तारमा कठिनाइ हुने भए पछि ग्रामीण क्षेत्रका बस्तिका लागि १ सय ४२ सेट दलित घरपरिवारका लागि सोलार सेट बितरण गरिएको गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले जानकारी दिनु भएको हो ।

 

दलित घरपरिवारलाई सोलार सेट बितरण गर्दै गाउँ पालिकाका अध्यक्ष साउदले अब चौरपाटी गाउँ पालिकाका नागरिकले अध्यारोमा बस्न नपर्ने बताउनु भयो ।

 

चौरपाटी गाउँ पालिकाका ७ वट वडा मध्य ५ वटा वडामा बिधुत सेवा बिस्तार भए पनि छरिएर रहेको बस्तीमा सोलार सेट बितरण गरिएको हो । चौरपाटी गाउँ पालिकाको पहलमा बैकल्पिक उर्जाको सहयोगमा गरिबघरपरिवारलाइ सोलार सेट बितरण गरिएको थियोे ।

आर्थिक वर्ष: