हिंसामा परि पिडीत हुनेहरुका लागी निर्देशिका जारी हुने

हिंसामा परि पिडित हुने व्यक्तिहरुलाई राहत दिने उदेश्यले अछामको चौरपाटी गाँउपालिकाले निर्देशिका जारी गर्ने भएको छ ।
न्यायीक समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष माया कुँवरको अध्यक्षता तथा गाँउपालिकाका अध्यक्ष हर्कबहादुर साँउदको प्रमुख आथित्यतामा सम्पन्न भएको बैठकले निर्देशिका माथी छलफल गरेको हो । कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष साँउदले समाजमा हुने गरेका सबै खालका हिंसाको अन्त्यका लागि सबै सचेत हुनु पर्ने बताउनु भएको छ ।
वाक नेपालद्धारा संचालित न्यायमा पहुँच कार्यक्रमको सहयोगमा सम्पन्न बैठकका सहभागीहरुले लैङ्गीक हिंसा कम गर्न सबै सरोकारवालाहरुले लाग्नु पर्ने बताएका थिए । कार्यक्रमको सहजिकरण न्यायमा पहुँच कार्यक्रमका संयोजक अरुण पाठकले गर्नु भएको थियो भने न्यायीक समितिका सदस्य सुरत कँुवर, बिरेन्द्र साँउद, निमित्त प्रशासकीय प्रमुख धनबहादुर थापा, वाक नेपालका उपाध्यक्ष बलबहादुर के शी लगाएको सहभागीता रहेको थियो ।

आर्थिक वर्ष: