FAQs Complain Problems

चौरपाटी गाउँपालिका ६ दुनि पुर्ण साक्षर वडा घोषणा

राजेन्द्र कुवर असार १७ अछाम 

नेपाल समृद्ध नेपाल र सुखी नेपाली भन्ने मुल नाराका साथ चौरपाटी गाउँ पालिका वडा नम्बर ६ दुनिलाइ पुर्ण साक्षर वडा घोषणा गरिएको छ ।

घोषणा सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले चौरपाटी गाउँ पालिकालाइ नै पुर्ण साक्षर गाउँ पालिका घोषणा गर्ने काममा सहयोग गर्न सबै सरोकारवाला आग्रह गर्नु भयो ।

चौरपाटी गाउँ पालिकाका सबै वडा घोषणा गरे पछि निकट भबिस्यमा गाउँ पालिकालाइ पुर्ण साक्षर घोषणा गर्ने महान अभियान भएकोले शैक्षिक क्षेत्रमा काम गर्ने संघ संस्था शिक्षक बिद्यार्थी जनप्रतिनिधि राजनीतिक दलका नेता कार्यकर्ता सबैलाई सहयोग गर्नका लागि अध्यक्ष साउदले आग्रह गर्नु भयो ।

घोषणा सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला कमिटी सदस्य रामबहादुर आउजी नेपाली काग्रेशका जिल्ला सदस्य टेकबहादुर साउद देबिमाण्डौ माध्यमिक बिधालयका प्रधानाध्यापक झंकरबहादुर स्वास्थ अनिता स्वार महिला बालबालिका दलित युवाका प्रतिनिधि लगाएतले शुभकामना दिनु भएको थियोे ।

साक्षर वडा घोषणाका विभिन्न सुचकका बारेमा वाक नेपालका पुर्ण शाहले जानकारी गराउनु भएको थियो । चौरपाटी गाउँ पालिका वडा नम्बर ६ दुनिका वडा अध्यक्ष मने साउदको अध्यक्षतामा भएको कार्यक्रममा नरपता बि क ले स्वागत गर्नु भएको थियो भने भान सिंह साउदले संचालन गर्नु भएको थियोे ।

आर्थिक वर्ष: