गाँउपालिका स्तरीय खेलकुद प्रतियोगिता चौरपाटीमा सम्पन्न

अछाम : गाँउपालिका स्तरीय खेलकुद प्रतियोगिता चौरपाटीमा सम्पन्न भएको छ । यूवा तथा खेलकुद विकास समिती गाँउपालिका अध्यक्ष शेर बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाँउपालिका उपाध्यक्ष माया कुँवर रहनु भएको थियो ।

गाँउपालिका स्तरीय माध्यामिक विद्यालयका विद्यार्थीहरुको क्षमता अभिबृद्धि तथा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा खेलाडी छनोट गर्नको लागि प्रतियोगिताको आयोजना गरिएको यूवा तथा खेलकुद समितीका अध्यक्ष सुनारले जानकारी दिनुभयो ।

प्रतियोगितामा शान्ति मावि मार्कुले ९ खेलमा प्रथम २ खेलमा द्धितिय र ३ खेलमा तृतिय हासिल गरेको छ । यस्तै दशपल्ले माविले ५ खेलमा प्रथम ६ द्धितिय  ५ खेलमा तृतिय हासिल गरेको छ । यस्तै सिउडी माविले ४ खेलमा प्रथम ८ द्धितिय  २ खेलमा तृतिय हासिल गरेको छ ।

यस्तै दया पिपलतोला माविले ५ खेलमा प्रथम २ द्धितिय  ४ खेलमा तृतिय हासिल गरेको छ । यस्तै बैजनाथ मा वि पायल र देविमाण्डौ मावि दुनिले २ खेलमा प्रथम द्धितियमा बैजनाथले ७ देविमाण्डौले १ तृतियमा ४÷४ खेलमा चित्त बुझाएको छ ।

समापन कार्यक्रममा नेकपाका नेता राम बहादुर थापा विशिष्ठ अतिथि रहनु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव दिनेश आउजीले गर्नु भएको थियो ।

आर्थिक वर्ष: