FAQs Complain Problems

एक घर एक धारा अभियानको रूपमा अगाडि चौरपाटि गाउँपालिका

राजेन्द्र कुवर कार्तिक, २२ अछाम

ग्रामीण जलश्रोत परियोजना रुडेक नेपाल र चौरपाटी गाउँ पालिकाको साझेदारीमा वडा नम्बर ४ पायलमा एक घर एक धारा निर्माणका लागि उपभोक्ता समितिको भेला सप्पन्न भयो । भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले पायलमा निर्माण हुने खानेपानी योजना सफा स्वच्छ हुने भएकोले निर्माण कार्यमा सहयोग गर्न सबै उपभोक्तालाई आग्रह गर्नु भयो ।

चौरपाटी गाउँ पालिकालपालिकालाई सरसफाइ उन्मुख घोषणा गर्नका लागि एक घर एक धारा अनिवार्य शर्त भएकोले सवै सरोकारवाला लाई सहयोग गर्नका लागि उपाध्यक्ष माया कुवरले अनुरोध गर्नु भयो । चौरपाटी गाउँ पालिका ४ पायलमा सुरुवात भएको खानेपानी आयोजनामा ३सय ५९ धारा ३ सय ५१ चाङ्ग जुठेल्ना निर्माण गरिने ग्रामीण जलश्रोत परियोजना रुडेक नेपालका फिल्ड संयोजक टिकेन्द्र भण्डारीले बताउनु भयो ।

सरसफाइ उन्मुख गाउँ पालिका घोषणा अभियानलाई सफल पार्न निर्माण गरिने खानेपानी २ करोड ६ हजारको लागत रहेको ग्रामिण जलश्रोत परियोजनाका प्राबिधिक नृपबहादुर कुमालले उपभोक्ता सरोकारवाला लाई जानकारी गराउनु भयो ।

पायल खानेपानी आयोजनाका अध्यक्ष भीमबहादुर कुवरको अध्यक्षतामा भएको भेलाको संचालन सचीव गणेश धामिले गर्नु भएको थियोे । खानेपानी आयोजना सम्पन्न भएमा बिगत लामो समय सम्म खानेपानीको समस्य झेल्दै आएका पायल बासी सो समस्या बाट मुक्त हुने भएका छन ।

आर्थिक वर्ष: