FAQs Complain Problems

अतिआवश्यक काम बाहेक घरवाहिर ननिस्कन चौरपाटी गाउँपालिकाको आग्रह

चैत्र ९ अछाम
      चौरपाटी गाउँपालिकाले अतिआवश्यक काम बाहेक गाउँपालिकाबासीलाई घर बाहिर ननिस्कन आह्वान गरेको छ । चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदद्घारा जारी गरिएको अपिलमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमबाट बच्न अति अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ । 

    यस्तै गाउँपालिकाका अध्यक्ष साउदद्घारा जारि गरिएको प्रेस विज्ञप्तिमा कोराना भाईरसको जोखिमलाई कम गर्नको लागि गाउँपालिकाले सम्पूर्ण तयारी गरिएको उल्लेख गरिएको छ । गाउँपालिकाका अध्यक्ष साउदद्घारा जारि गरिएको प्रेस विज्ञप्तिमा कोरोन भाईरस वारेमा आत्तिनु पर्ने अवस्था नरहे पनि सावधानि अपनाउनु पर्नेमा जोड दिएको छ । 

    यो रोगबाट बच्न मास्कको प्रयोग, साबुन पानीले नियमित रूपमा हात धुने नै सबैभन्दा राम्रो रोकथाम र नियन्त्रणको विधि भएको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाईरसका रोगका चिह्न र लक्षण देखिना साथ तुरुन्त स्वास्थ्य संस्थामा जाँच गर्न विज्ञप्तिमा भनिएको छ ।

    कोरोना प्रभावित क्षेत्रबाट घर पर्किएका गाउँपालिकाका आम नागरिक तथा अन्य पाहुनासँग तुरुन्त सम्पर्क स्थापति नगर्न, सजक तथा सचेत रहन सवैमा गाउँपालिकाका अध्यक्ष साउदले अपिल गर्नुभएको छ । 

आर्थिक वर्ष: