FAQs Complain Problems

प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौमा एक्सरे मेसिन जडान

प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौमा आज एक कार्यक्रमका विच राष्टिय सभा सदस्य शेर बहादुर कुँवरले एक्सरे मेसिनको उदघाटन गर्नु भएको छ । उद्घाटन पछी वोल्दै राष्टिय सभा सदस्य कुँवरले चौरपाटी गाउँपालिकाका जनताले सामान्य चोट पटक लाग्दा समेत जिल्ला वाहिर जानु पर्ने बाध्यताको समाधान भएको बताउनु भयो ।

राष्टिय सभा सदस्य कुँवरले चौरपाटी गाउँपालिकाका जनताको सहजताको लागि सरकारले एक पछी अर्को स्वास्थ्य सेवा दिईरहेको बताउनु भयो । उहाँले चौरमाण्डौमा आएका मेसिनको स्वास्थ्य कर्मिले जर्गेना गर्नु पर्ने भन्दै चौरमाण्डौ स्वास्थ्य केन्द्रमा आवश्यक मेसिनका लागि आफु पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

राष्ट्रिय सभा सदस्य कुँवरले चौरपाटीका जनताका सहजताका लागि आफुले पटक पटक विभिन्न भौतिक पूर्वाधार विकासका योजना समेत ल्याएको बताउनु भयो । उहाँले आफ्नै पहलमा चौरपाटीमा स्वास्थ्य केन्द्रको भवनका ल्याएको र ठेकेदारको लापरवहिका कारण अझै बन्न नसकेको भन्दै दुःखद भएको बताउनु भयो ।

स्वास्थ्य ब्यवस्थापन समिती अध्यक्ष शालिभान साउदको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैशी, नेकपाका जिल्ला कमिटी सचिवालय सदस्य एवम् चौरपाटी गाउँपालिका अध्यक्ष राम बहादुर थापा, वडा अध्यक्ष,

स्वास्थ्य शाखा संयोजक धन बहादुर थापा, गाउँपालिकाका विभिन्न वडाका स्वास्थ्यकर्मि लगायतको सहभागिता रहेको थियो । गाउँपालिका उपाध्यक्ष माया कुँवरले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन चौरपाटी न्यायहेल्थ शाखाका ब्यवस्थापक हेम विश्वकर्माले गर्नु भएको थियो ।

आर्थिक वर्ष: