FAQs Complain Problems

ओल्गापुरी व्यावसायिक स्कुलमा ९० दिन तालिम लिएका युवाहरुको समन्वय बैठक चौरपाटीमा

राजेन्द्र कुवरसाउन २८ अछाम

चौरपाटी गाउँपालिकाका युवाले बेरोजगार फर्म भरेर ओल्गापुरी व्यावसायिक स्कुलमा ९० दिन सम्म विभिन्न बिसयमा तालिम लिएका युवाहरुको समन्वय बैठक विभिन्न निर्ण्य गर्दै सप्पन्न भएको छ ।

चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा भएको बैठकले फर्निचर उधोग खोलेर बस्ने युवाहरूलाई गाउँ पालिकाले साठि प्रतिसत अनुदान दिने अध्यक्ष साउदले बताउनु भएको छ ।

फर्निचर र हाउस वाइरिङ्गमा चौरपाटी गाउँ पालिकाबाट ४२ जना युवाहरूले सिपमुलक तथा व्यावसायिक तालिम ओल्गापुरी व्यावसायिक स्कुल ललितपुर बाट लिएर फर्केका थिए ।

एकल ब्यबसाय गर्नेलाइ विभिन्न वडामा रहेका सहकारी मार्फत रिण लगानी गर्ने र सयुक्त ब्यबसाय गर्नेलाइ गाउँ पालिकाले साठी प्रतिशात अनुदान दिने छलफल भएको सुचना प्रबिधि अधिकृत मुकेश कुवरले जानकारि दिनु भयो ।

आर्थिक वर्ष: