FAQs Complain Problems

समाचार

चौरपाटी गाउँपालिका पाचौ गाउँसभाको अन्तिम तयारीमा जुट्यो

राजेन्द्र कुवर, असार ९ अछाम

चौरपाटी गाउँ पालिकाको असार १० गते हुने पाचौ गाउँ सभाको अन्तिम तयारीमा जुटेको छ । गाउँ सभामा पेश हुने बार्सिक नीति तथा कार्यक्रम आर्थिक बर्ष ७६/७७ को बार्सिक बजेटको सबै तयारी पूरा भएको गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताउनु भएको छ ।

आगामी बर्ष पनि दूध , मासु र तरकारीमा चौरपाटी गाउँ पालिका आत्मानिर्भर हुने नीति लिनुका साथै युवाहरुलाइ केन्द्र भागमा राखेर बजेट बिनियोजन गरिने निमित्त प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी गराउनु भयो ।

चौरपाटी गाउँ पालिकाले यश आर्थिक बर्षमा पनि गाउँ पालिका भित्रमा रहेको पिछडिएको क्षेत्र बस्ती जातिलाइ केन्द्र भागमा राखेर कार्यक्रम तय भएको अधिकृत थापाले बताउनु भएको छ ।

आगामी बर्षका लागि व्यावसायिक पशु पालन नगदे वाली मौसमी बेमौसमी तरकारी खेतीमा बिशेष जोड दिएको छ भने कृषि क्षेत्रमा लगानी बढाउने बताइएको छ ।

स्वास्थ शिक्षा खानेपानी तथा सरसफाइ र सडकमा उच्च प्राथमिकता राखेर नीति तथा कार्यक्रममा समेटेर सै अनुसारको बजेट बिनियोजन गरिने स्वास्थ संयोजक कमलबहादुर साउदले बताउनु भएको छ । आगामी आर्थिक बर्ष भित्र चौरपाटी गाउँ पालिकाका ७ वटै वडामा बिधुत सेवा बिस्तार गरि हाम्रो घाम उज्यालो बस्तिको नारा अगाडी सारिएको छ ।

आर्थिक वर्ष: