FAQs Complain Problems

समाचार

चौरपाटी गाउँपालिकामा १ हजार २ सय ९० रिचार्ज पोखरी निर्माण

राजेन्द्र कुवर अछाम

चौरपाटी गाउँ पालिकाले रिचार्ज पोखरी निर्माण अभियान अन्तरगत विभिन्न वडामा सानो र ठूलो गरि १ हजार २ सय ९० पोखरी निर्माण भएका छन भने ३ दिनमा करिब ३हजार ५ सय सहभागी भएका थिए । जलबायु परिवर्तनले गर्दा पानीका मुहान सुक्न थाले पछि चौरपाटी गाउँ पालिकाले रिचार्ज पोखरी निर्माण अभियान २०७६ संचालन गरेको हो ।

रिचार्ज पोखरी निर्माण अन्तरगत चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलमा सबै भन्दा बढी ७ सय ५० सानो र ठुला निर्माण गरेका छन त्यसै गरि वडा नम्बर १ सिउडिमा १ सय ५० वडा नम्बर ५ लुग्रामा १ सय ५० वडा नम्बर ७ मार्कुमा १ सय ५० वडा नम्बर २ सोकटमा २८ वडा नम्बर ३ मल्लो सोकटमा ३० र वडा नम्बर ६ दुनिमा ३० रिचार्ज पोखरी निर्माण भएका छन ।

जलबायु परिवर्तनका असरलाई न्यूनीकरण गर्नाका लागि साउनको ७,८ र ९ गते रिचार्ज पोखरी निर्माण अभियानका रूपमा चौरपाटी गाउँ पालिकाले संचालन गरेको थियोे ।

संख्यात्मक हिसाबले यश बर्ष निर्माण गरिएका रिचार्ज पोखरी कम भए पनि आकारका हिसाबले ठुला रहेका छन भने सबै भन्दा ठुलो १८ मिटर लम्बाइ १८ मिटर चौडाइ छ भने सानोमा ५ मिटर लम्बाइ ५ मिटर चौडाइ रहेको प्राबिधिकले बताएका छन ।

रिचार्ज पोखरी निर्माण अभियानमा खटिए र सहयोग गर्ने आम दाजु भाइ तथा दिदिबहिनी जनप्रतिनिधि राजनीतिक दलका नेता कार्यकर्ता कर्मचारी विभिन्न बिकास साझेदार संघ संस्थाका प्रतिनिधि विभिन्न संचार माध्यम र पत्रकारलाई गाउँ पालिका अध्यक्ष हर्कबहादुर साउदले धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनु भयो ।

आर्थिक वर्ष: