FAQs Complain Problems

समाचार

धमाधम ऐन वनाउदै अछामको चौरपाटी

राजेन्द्र कुँवर सुदूरपाटी

अछाम जिल्लाको चौरपाटी गाउँउपालिकाले कार्यसम्पादानमा सहजताका लागी धमाधम ऐन, नियम, नियमाबली बनाउदै कार्यान्वयनमा समेत ल्याएको छ ।
गाँउपालिको चौथो गाँउसभाको पुर्व सन्धामा गाँउकार्यपालिकाको नवौ बैठकले पनि विभिन्न ऐन नियमहरु पास गरेको र सोमबार हुने गाँउसभा पश्चात गाउपालिका राजपत्रमा प्रकाशन भए संगै लागु हुने गाँउपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साँउदको अध्यक्षतामा बसेको बैठकले कृषि क्षेत्रबाट गाँउपालिकाको विकास वृद्धि हुने देखीएको र कृषि क्षेत्रलाई व्यवस्थीत रुपमा अघि बढानु आबाश्यकता पनि रहेको भन्दै कृषि उधमी कार्यक्रम कार्यान्वयन कार्यबिधी २०७५ पास गरेको छ । त्यसै लोप हुदै गएको सुदूरको पहिचान बोकेको कला संस्कृतिको संरक्षणका लागी समेत नया ऐन ल्याउने तयारी गरि रहेको छ । कला संस्कृत संरक्षण तथा प्रबद्धनमा टेवा पुराउने उदेश्यले पञ्चेबाजा प्रशिक्षण कार्यक्रम कार्यबिधी २०७५ तयार पारी गाँउकार्यपालिकाको बैठकले पारित गरेको छ ।
बैठकले बिनियोजन ऐन २०७५ र शिक्षा ऐन २०७५ को र सरसफाइ ऐन २०७५ को मस्यौदा माथी छलफल गरि चौथो गाउँ सभामा पेश गर्ने निर्णय समेत गरेको निमित्त प्रशासकीय प्रमुख धनबहादुर थापाले दिनु भयो । सोमबार सम्पन्न हुने गाँउसभाले सरसरफाई सम्वन्धी ऐन पास गरेमा सुदुरपश्चिम प्रदेशमा सरसफाई सम्वन्धी कानून निर्माण गर्ने पहिलो गाँउपालिको रुपमा चोरपाटी गाँउपालिका हुने देखीएको छ ।
कार्यपालिकाको बैठकले चौथो गाउँ सभामा पेश गर्ने नीति तथा कार्यक्रम बजेटका साथै अन्य ऐन नियमहरुका बारेमा समेत छलफल गरेको गाँउपालिकाका अध्यक्ष साउदले बताउनु भएको छ । पहाडी मात्र नभई विकट जिल्लाको रुपमा रहेको अछामको पनि दुर्गम स्थानमा रहेका चौरपाटी गाँउपालिकाले आफुलाई अब्बल सावित गर्नका लागी नियमिति कामकाजमा खटिएको देख्दा स्थानियहरुले खुशी व्यक्त गरेका छन् । गाँउपालिकाले ऐन नियम बनाउने र कार्यान्वयन प्रक्रियामा पनि ल्याएका कारण आफुहरुले सुविधा पाई रहेको स्थानियहरुले बताएका छन् ।

आर्थिक वर्ष: