FAQs Complain Problems

समाचार

गाउँपालिकाले निर्माण गरेका नीति योजना र कार्यक्रमहरुलाइ कार्यन्वयन गर्न अध्यक्ष साउदको अनुरोध

राजेन्द्र कुवर, कार्तिक २९ अछाम

चौरपाटी गाउँ पालिकामा गाउँ पालिकाका पदाधिकारी र विषयगत शाखाका लागि नीति योजना कार्यक्रम रणनीति तर्जुमा र गाउँ पालिकाको प्राथमिकता पहिचान प्ररम्भिक एक दिने गोष्ठी सप्पन्न भएको छ।

गोष्ठीको समापनमा बोल्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले गाउपालिकाले निर्माण गरेका नीति योजना र कार्यक्रमहरुलाइ कार्यन्वयन गर्न सबै सरोकारवालालाई अनुरोध गर्नु भयो ।

आम नागरिकलाइ केन्द्रबिन्दुमा राखेर नीति नियम र कार्यक्रम गाउँ पालिकाले निर्माण गरेकोले सबैलाई सहयोग गर्न अनुरोध गर्दै अध्यक्ष साउदले सबै बिकास साझेदार संघ संस्थाले गाउँ पालिका संग हातेमालो गरि अघि बढ्न आग्रह गर्नु भयो ।

मालिका बिकास संघका अध्यक्ष सुरत कुवरले चौरपाटी गाउँ पालिकाको ऐन नियम नियमावली कार्यबिधी निर्माणका साथै जनप्रतिनिधि र कर्मचारीको क्षमता बिकासमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनु भयो ।

मालिका बिकास संघ परिवर्तन परियोजनाले आयोजना गरेको गोष्ठीको उदेश्य बारे बिनोद प्रशाद ढ्काल ले जानकारी गराउनु भएको थियोे भने बशन्तराज गौतम ले सहजीकरण गर्नु भएको थियोे ।

चौरपाटी गाउपालिकाका सात वटै वडाका अध्यक्ष विषयगत समिति शाखाका प्रमुख कर्मचारी लगाएतको सहभागिता रहेकोे थियोे ।

गाउपालिकाका उपाध्यक्ष माया कुवरले स्वागत गर्नु भएको गोष्ठीको संचालन परिवर्तन परियोजनाका गोकुल खड्काले गर्नु भएको थियोे ।

आर्थिक वर्ष: